Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरब्याज पीडितद्वारा माइतीघरमा प्रदर्शन,मागे गृहमन्त्री श्रेष्ठको राजीनामा


    मंगलबार, बैशाख ५ २०८०
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।

    हिजो सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट मिटरब्याज पीडितहरु घाइते भएका थिए भने कतिपयलाई प्रहरीले पक्राउ परेका थिए ।

    आज दिउँसो मिटरब्याज पीडितले उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठविरुद्ध नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरुको माग सम्बोधन गर्नुको साटो श्रेष्ठले प्रहरी लगाएर दमन गरेको उनीहरुले बताएका छन् ।

    सिंहदरबारबाहिर प्रदर्शन गर्ने तयारीमा रहेका मिटरब्याज पीडितलाई सोमबार प्रहरीले शान्तिवाटिकामा नै रोकेको थियो । त्यस क्रममा मिटरब्याज पीडितलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो ।

    मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशबाहले सरकार आफूहरुको समस्या समाधान गर्ने भन्दा दमन गर्न उद्धत भएको बताए । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार