चितवन। घरको छतबाट खसेर गम्भीर घाइते भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापाको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।
अस्पताल स्रोतका अनुसार शंकास्पद रूपमा घरको छतबाट खसेर टाउकोमा गम्भीर चोट लागेका थापाको तत्काल शल्यक्रिया गरिए पनि उनको अझै होस् भने खुलेको छैन।
भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ। सोमबार उनी रविसँगै बस्दै आएको भरतपुरको घरको तेस्रो तलाबाट खसेका थिए।
घटनाको क्लोज सर्किट क्यामरामा उनी खस्दै गरेको अस्पष्ट र अपुरो फुटेज फेला परेको छ। उनी पार्टीका महामन्त्री मुकुल ढकालको चालकसँगै सुतेकाले प्रहरीले उनलाई नियन्त्रणमा लिइ बयान लिएर छाडेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले घाइतेको स्वास्थ्य अवस्था सोमबार जस्तो थियो उस्तै रहेको जानकारी दिए।
‘चिकित्सकबाट स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी आएको छ। सोमबार जस्तो थियो आज पनि उस्तै छ,’ उनले भने।
अनुसन्धानको पाटोमा सँगै सुतेका भनिएका अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछपछि आवश्यक परेको बेलामा उपस्थित गराउने गरि व्यक्तिगत जमानीमा छाडेको र अनुसन्धान जारी रहेको कार्कीले जानकारी दिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend