Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्ड मकवानपुर जाँदै


    मंगलबार, बैशाख ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुर जाने भएका छन् । काठमाडौं–तराई मधेश द्रूतमार्ग (फाष्ट ट्रयाक) को बकैया–५ स्थित क्षेत्रको स्थलगत अवलोकनका लागि प्रचण्ड आज मंगलबार मकवानपुर जाने भएका हुन् ।

    उनी बिहान ११ बजे हेलिकप्टरमार्फत् बकैया–५ आइपुग्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीको स्थलगत अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आवश्यक शान्ति सुरक्षाको समेत प्रबन्ध मिलाएको छ ।

    नेपाली सेनाले राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं —तराई/मधेश द्रूतमार्ग निर्माण गरिरहेको छ । अवलोकनमा द्रूतमार्ग आयोजना प्रमुख तथा प्राविधिकहरु समेत सहभागी हुनेछन्।

    नेपाली सेनाका अनुसार प्रस्तावित ७६ किमी लामो उक्त मार्गलाई १० भागमा विभाजन गरेर २८ वटा कन्ट्रयाक्टञरमार्फत् काम भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार