काठमाडौं । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् ।
पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने गरेको डा शर्मा बताउँछन् ।
प्रधानमन्त्री उपत्यका बाहिर जाने भनेपछि खानाको विषयलाई लिएर डा शर्मालाई चिन्ता हुन्छ । भन्छन्, ‘विशिष्ट व्यक्तित्वका लागि मीठो र राम्रो खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ । नेपालमा राम्रो/मीठो भन्ने बित्तिकै खसीको मासु, चिल्लो चाप्लो हुन्छ ।’ उनलाई त्यतिबेला त्यो खानाले गडबड गर्छ कि भन्ने डर हुने गरेको बताउँछन् ।
‘अहिले प्रधानमन्त्री फिट एन्ड फाइन हुनुहुन्छ । उहाँले आफ्नो स्वास्थ्यका लागि मिन्टेन गर्ने कुराहरु मैले भनेको कुरालाई फलो गर्नुहुन्छ ।’ डा। शर्माले भने, ‘औषधी समयमा नै लिदिनुहुन्छ ।’ प्रधानमन्त्री निवासमा रहेको नर्समार्फत नियमित जानकारी लिने गरेको शर्मा बताउँछन् । विदेश जानुअघि भने प्रधानमन्त्रीको अनिवार्य स्वास्थ्य परीक्षण हुन्छ । ‘आज भोलि नै म स्वास्थ्य परीक्षण गर्छु अब ।’ शर्माले प्रधानमन्त्रीको विदेश भ्रमण हुन सक्ने संकेत उनको यो भनाइले पनि पुष्टि गर्दछ ।
वर्षमा ३÷४ पटक भने कुनै पनि प्रधानमन्त्रीको नियमित ‘होलबडी टेस्ट’ हुने गरेको उनी बताउँछन् । प्रधानमन्त्रीलाई आरामको समय कम हुने गरेको डा शर्मा बताउँछन् । ‘जीवन व्यस्त छ । धेरै इस्युमा उहाँहरू व्यस्त हुनुहुन्छ । एउटा व्यक्तिले त्यति धेरै विषय व्यवस्थापन गर्नुपर्दा कतै स्वास्थ्यमा असर पो गर्छ कि भन्ने डर हुने कुरा स्वाभाविक हो,’ शर्मा भन्छन्, ‘तर उहाँले त्यसलाई व्यवस्थापन गर्नुभएको । जटिल विषयलाई पनि सहजरूपमा व्यवस्था गर्ने क्षमता देख्दा मलाई आश्चर्य पनि लाग्छ । राजनीतिक दलका ठूला नेतामा यस्तो क्षमता हुनेरहेछ जस्तो लाग्छ ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend