Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वायु प्रदूषणले त्रिभुवन विमानस्थलको भिजिविलिटी घट्यो


    सोमबार, बैशाख ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ । उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छवाली बालेको धुँवा काठमाडौं छिर्दा त्यसको प्रभाव काठमाडौंको आकाशमा देखिएको हो ।

    यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायुप्रदूषणसमेत बढाएको छ । वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौंको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ ।

    स्वीट्जरल्याण्डस्थित हावाको हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार