Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडितमाथि लाठी र पानीको फोहोरा


    सोमबार, बैशाख ४ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच आज झडप भएको छ । उक्त झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

    त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ ।

    प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४/५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार