काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा गजेन्द्र ठाकुर नियुक्त भएका छन् । ततकालीन महानिर्देशक महेश भट्टराईलाई योजना आयोगमा अचानक सरुवा गरिएपछि महानिर्देशक पद डेढ महिनादेखि रिक्त थियो । अर्थका क्याडर भनेर चिनिएका ठाकुर तत्कालीन उद्योग मन्त्री दामोदर भण्डारीकै सिफारिसमा उद्योगमा सरुवा भएका हुन् । तर आफ्नो सरुवासँगै मन्त्रीबाटै भण्डारी बाहिरिएपछि ठाकुर हाजिर मात्रै गर्दैआएका थिए ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मधेशबाट निर्वाचित सांसद रमेश रिजाल नियुक्त भएपछि ठाकुरले आफू मधेशको भएकाले अवसर पाउनुपर्ने दाबी गरेपछि उनलाई पठाइएको भन्ने गरिएको छ । तर भित्री रहस्य भने अर्कै रहेको खुलेको छ । बीरगंजकै ब्यवसायी राकेशमान सिंहको सिफारिसमा रिजालले उनलाई बाणिज्यको डीजीमा पठाएको स्रोतको दाबी छ । स्रोतका अनुसार तेस्रो मुलुकबाट आयात भई अबैध रुपमा भारत निकासी हुने पोस्तादाना, केराउ, सुपारी लगायतका खाद्य सामग्रीको ब्यवसाय गर्दैआएका राकेशमानकै योजनामा ठाकुर बाणिज्य विभागको डीजी भएका हुन् ।
ठाकुरलाई महानिर्देशक बनाएर पोस्तादाना, केराउ, सुपारी लगायतको आयात खुलाउनका लागि बिचौलिया रामचन्द्र भट्ट लागिरहेका छन् । त्यसमा राकेशमानले लगानी गरेको र भट्टले शक्तिकेन्द्र मिलाएका हुन् । रामचन्द्र तिनै ब्यक्ति हुन्, कांग्रेस, माओवादी, एमाले सरकार हुँदा पनि बिचौलियाको भूमिका खेलेर महत्वपूर्ण नियुक्ति गराउन सफल हुँदैआएका छन् । मुख्यसचिव शंकरदास बैरागीका भित्रीया भएर उनका हरेक समस्या समाधान गर्ने भट्टले त्यही आधारमा अरुण तेस्रो जलबिद्युत आयोजनाको निर्माण गरिरहेको भारतीय कम्पनी सतलजबाट मासिक ४ लाख रुपैयाँ तलव सुविधा र गाडीसमेत पाउनेगरी नियुक्त भएका छन् ।
एमाले निकट भनेर चिनिने सहसचिव ठाकुर कांग्रेस मन्त्रीबाट महानिर्देशक बनेपछि प्रजातन्त्रवादी कर्मचारी नै आश्चर्यमा परेका छन् । बाणिज्य विभागको महानिर्देशक हुनका लागि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले पनि आँखा लगाएका थिए । मन्त्रीलाई चुनाव जिताउने नै मै हो, नत्र बुडा हार्थे भनेर डीजी हुने कुरामा ढुक्कजस्तै रहेका ढकाललाई पोस्तादाना र सुपारी तस्करहरुले हिस्स पारिदिएका छन् । उनलाई मन्त्रीले उद्योग विभागको महानिर्देशक बनाउँला भनेर थामथुम पारिरहेका छन् ।
आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी भएर लाभ लिइसकेका ढकाल आफू बसेको गृहजिल्लाकै उद्योग मन्त्रालयमा आएपछि दिनहुँजसो मन्त्रीकोमा जाने र डीजी बनाइदिनुपर्यो भन्दै अनुनय गरिरहेका छन् । उनी भन्सार विभागको महानिर्देशक हुन पनि लालायित थिए । तर प्रकाशशरणम महतको मन्त्रालयमा आरजु राणाको आदेश मात्र चल्ने भएपछि उनी भन्सारको डीजी हुने चाहना त्यागेर बाणिज्य हुँदै उद्योगतिर लम्किएका छन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend