काठमाडौं । चालु वर्षको तेस्रो त्रैमास पूरा हुँदासम्म सरकारको आम्दानी र खर्चबीचको असन्तुलन झन् विस्तार हुँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चैतसम्मको सरकारको कुल प्राप्ति र खर्चबीचमा दुई खर्ब २२ अर्ब रुपैयाँ बराबरको खाडल देखिएको हो ।
कार्यालयका अनुसार चैतसम्म सरकारले सात खर्ब २४ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गर्दा नौ खर्ब ४३ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ । लक्ष्यअनुसार आम्दानी बढ्न नसक्दा सरकारको कुल आम्दानी साधारण प्रकृतिको चालु खर्चका लागि मात्र पर्याप्त हुने अवस्था सिर्जना भएको छ ।
चैतसम्म सरकारले राजस्व, अनुदान र अन्य प्राप्तिसमेत गरेको कुल रकम लक्ष्यको करिब ५० प्रतिशत हो । कुल प्राप्तिअन्तर्गत राजस्व शीर्षकमा छ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ सङ्कलन भएको छ ।
जसमध्ये छ खर्ब १६ अर्ब ६१ करोड रुपैयाँ कर राजस्व र ६७ अर्ब ६८ करोड रुपैयाँ गैरकर राजस्व सङ्कलन भएको छ । त्यस्तै समीक्षा अवधिसम्म सरकारले अनुदानबापत चार अर्ब ८० करोड रुपैयाँ प्राप्त गरेको छ । सरकारी बाँकी/बक्यौतासमेत समेटिने अन्य प्राप्ति शीर्षकबापत सरकारले ३५ अर्ब ८६ करोड रुपैयाँ प्राप्त गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend