कुमार दाहाल
काठमाडौँ महानगरका मेयर बालेन शाहले ‘अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन’ भन्ने भनाइको समाचार अहिले प्रथम पृष्ठमा छ । उनको यो भनाइ प्रजातान्त्रिक छ । जनबोलीमा आकर्षक पनि छ । किनकि सिंहदरबारप्रति विगतदेखि अहिलेसम्म जनताहरु सन्तुष्ट छैनन् । प्रतिकात्मक रुपमा सिंहदरबारको विरोधले काठमाडौं महानगरका मेयरले राम्रो समर्थन पाएका छन् । उनको यो दुई अर्थी भाषाभित्र राजनीतिक स्वार्थ र संघीयताको मर्म लुकेको छ । तर यो मर्मलाई सिंहदरबारले कतिको बुझ्न सक्छ र चिन्तन गर्नसक्छ । देशभर संघीयताको प्रभावकारिता यसैमा निर्भर हुन्छ ।
सिंहदरबार ढिलो छ । सिंहदरबारको चलायमानले प्रदेश, स्थानीय तह दौडन्छन् । यो नै नेपालमा संघीयताको प्रभावकारी कार्यान्वयन पनि हो । तर सिंहदरबारभित्रको पुरातन र परम्परावादी कर्मचारीतन्त्र र पुरानै सोचको राजनीतिक नेतृत्वभित्र थुप्रै असन्तुष्टि छन् । यो असन्तुष्टि प्रदेश र स्थानीय तह दुवैमा छ । मेयर शाहको भनाइमा दुइटा अर्थ प्रष्ट देखिन्छ । एउटा त राजनीतिक व्यक्तित्वले सधैंभरि तुरुप फाल्छन् । यो स्वाभाविक हो । जसबाट आफू सधैं प्रथम पृष्ठमा रहिरहन पाइन्छ । उनी यस्तो भाषा प्रयोग गर्न माहिर पनि छन् । दिल्लीमा केजरीवाल मुख्यमन्त्री भएपछि उनले केन्द्रीय सरकारका सबै नीतिको उल्लंघन गरे । बिजुलीको बिलमा सिमान्त वर्गलाई पूरै छुट दिए । पानीको खपत र वितरणमा कायापलट नै गरिदिए । सँगै रहेको केन्द्रीय सरकार मुकदर्शक जस्तै बन्यो । उनले सिधै केन्द्रीय सरकारका विगतका चुनौतीलाई सामना गरे । र, उनको राजनीतिक दायरा अहिले अन्य प्रदेशमा पनि फैलिएको छ । तर त्यहाँको केन्द्रीय सरकार प्रजातन्त्रप्रतिको संवेदनशीलता र प्रजातन्त्रभित्रको निहीत राजनीतिक स्वार्थलाई राम्ररी बुझ्ने गर्छ ।
हाम्रो संविधान सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित छ । संघ, प्रदेश र स्थानीय तह कसैले पनि अधिकारको प्रयोग र कर्तव्यको पालनामा सीमांकन गर्न पाइँदैन । तीनवटै एकाइ मिलेर सुशासन र समृद्धि र विकास गर्ने सिद्धान्त संविधानको हो । यो विषय स्थानीय तहका नेतृत्वले बुझेको छैन भन्न मिल्दैन । अधिकार र कर्तव्य बुझ्नेले पात्र संविधानको मर्मलाई बुझ्ने गर्छ । जबसम्म केन्द्रीय सरकार तल्लो सरकारको सहयोगी हुन सक्दैन तबसम्म नेपालको संघीयता जनमुखी हुन गाह्रो छ ।
सिंहदरबारमा थुप्रै फोहर छन् । प्रदेश र स्थानीय तहसम्म बेलैमा कर्मचारी व्यवस्थापन गरेको भए आज संघीयताका आलोचक बढ्ने थिएनन् । सिंहदरबारको राजनीतिभित्र थुप्रै अडियो टेप बाहिर सुनिएका छन् । यसबाट नीतिगत तह कोही अछुतो छैन । मिलोमतोको भ्रष्टाचार नीतिगत तहमा उच्च छ । भर्खरै चुनावबाट भ्रस्टाचारको विरोध गर्नेहरु अहिले त्यसैमा रमाउन थालेका छन् । दलालीतन्त्र फेरि बढेको छ । पैसा नभै कुनै काम हुँदैन । आर्थिक मन्दीको चपेटाबाट देश कसरी उकास्ने भन्ने चिन्तन भन्दा व्यक्तिगत उन्नति र फाइदाको चिन्तन सिंहदरबारभित्र उच्च छ । यस्ता फोहरहरु भौतिक फोहरभन्दा कैयौं गुणा घातक छन् । चन्द्रशमशेरले सिंहदरबारको पटाङ्गिनीबाट आदेश गरेभन्दा फरक शासन अहिले पनि देख्न गाह्रो छ ।
प्रजातन्त्रका प्रणेता जे एस मिलले भनेका छन्–‘प्रजातन्त्रको खतरा नै प्रजातन्त्र हो ।’ किनकि प्रजातन्त्रले आफ्नो सीमाको रक्षा गर्दैन । प्रजातन्त्रभित्र दुईवटा तन्त्रले काम गरेको हुन्छ । राजनीतिक स्वार्थको रक्षा र प्रजातन्त्रको सुरक्षा । हाम्रो देशमा राजनीतिक स्वार्थको रक्षाको लागि संघीयता रक्षाकवच हुन गाह्रो छ । जनअपेक्षा थुप्रै छन् । ७५३ वटा पालिकाको विकास, केन्द्रको उत्तरदायी र अनुशासन बिना सम्भव छैन । जुन फोहर सिंहदरबारमा थुप्रिएर बसेको छ । जबसम्म सिंहदरबारको नीति स्थानीय तहको कार्यसम्पादनमा प्रभावी हुनसक्तैन । तबसम्म सिंहदरवारमा फोहोर थुप्रिरहन्छ । यसले काठमाडौँबासीलाई मात्र दुःख दिँदैन समग्र देशको शासन प्रणालीलाई सताइरहन्छ ।
राजनीतिभित्र पनि योग्यता हुन्छ । मतपत्र योग्यताको प्रजातान्त्रिक अभ्यास हो । तर व्याक्तिको योग्यतामा उसको सुझबुझ, जिम्मेवारी, उत्तरदायित्व वहन गर्ने क्षमता, पारदर्शीता नैतिकता मुख्य हुन् । अहिलेको सिंहदरबारको राजनीति र नेतृत्व पुरानो भन्दा फरक छैन । नीतिगत हिसाबले स्थानीय तह र संघीय सरकार दुबै फोहोर व्यवस्थापन गर्ने जिम्मेवार इकाई हुन् । तर यो विषय नतिजाप्रति जिम्मेवार कर्मचारीतन्त्र र स्वार्थ रहित राजनीतिक नेतृत्वबाट मात्र सम्भव छ । यी समस्याहरू क्रमशः सिंहदरबार हुँदै तल्लो स्थानीय सतहसम्म नपुग्लान् भन्न सकिँदैन । संघीयताको पूर्ण कार्यान्वयनका लागि नेतृत्व तह भौतिक र अभौतिक दुवै फोहर व्यवस्थापन गर्नमा सचेत हुन जरुरी छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend