Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढाकाकुमार रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसदमा निर्वाचित गर्ने निर्णय


    बुधबार, चैत्र २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

    रास्वपाका सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए । योसँगै रिक्त समानुपातिक सांसदमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय भएको उनले बताए ।

    अडियो रेकर्डबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अधिकारसम्पन्न सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न सभापति लामिछानेको भनाइ छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार