Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अस्पतालको जेनेरेटरमा आगलागी हुँदा डायालासिस गराइरहेका बिरामीको मृत्यु


    बुधबार, चैत्र २९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रादेशिक अस्पताल सिरहाको जेनेरेटरमा आगलागी हुँदा डायालासिस गराइरहेका एक बिरामीको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका– खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यु भएको हो ।

    आज दिउँसो डायलासिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा डायलासिस गराइरहेकाहरुबीच भागदौड मच्चिदा उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

    डायालासिस गराइरहेका दासको रगत चढाइरहेको पाइप चुडिएपछि अत्यधिक रक्तश्राव भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार