Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद श्रेष्ठ जोडिएको अडियोबारे निर्णय लिन रास्वपाको बैठक सुरू


    बुधबार, चैत्र २९ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरू भएको छ। बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक सुरू भएको हो।

    सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडिओबारे निर्णय लिन आज बुधबार केन्द्रीय समितिको बैठक बसेको हो ।

    बैठकले सांसद ढाकाप्रसाद श्रेष्ठलाई कारबाही गर्ने/नगर्ने भन्नेबारे निर्णय गर्न लागेको छ।

    श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएको थियो।

    आफू स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनका उक्त रकम चाहिएको श्रेष्ठले अडिओमा भनेका छन्।

    बुधबार दिउँसो २ बजे बस्ने भनिएको बैठक सभापति रवि लामिछाने चितवनबाट आउन ढिला भएपछि निर्धारित समयमा बस्न नसकेको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार