Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपा सोशी चौधरी माओवादी केन्द्रको सचेतकमा चयन


    बुधबार, चैत्र २९ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। रुपा सोशी चौधरी नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा चयन भएकी छन् ।

    संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक नियुक्त गरेका हुन् । समानुपातिक सांसद चौधरी कैलालीबाट प्रतिनिधित्व गर्छिन् । उनी माओवादी केन्द्रकी केन्द्रीय सदस्य पनि हुन् ।

    २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा थिइन् । सामान्य पारिवारिक पृष्ठभूमिकी चौधरी सहिद परिवारकी सदस्य समेत हुन् ।

    उनी यसअघि २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार