Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपाल भन्छन्- एमाले संसद् विघटनको दाउमा छ :


    बुधबार, चैत्र २९ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा बोल्दै एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् ।

    नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन् ।

    अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए । उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए । उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए ।

    उनले भने, ‘एमाले भित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ । विघटन गर्न सकिन्छ । मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ । त्यो बाटोमा त हामी जान सक्दैनौँ । संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार