Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोविन्दराज जोशीले भने- कांग्रेसले झुक्यायो,अब कांग्रेससँगको वार्ता समाप्त भयो


    बुधबार, चैत्र २९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका गोविन्दराज जोशीले नेपाली कांग्रेसका नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको भन्दै अब कांग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन् ।

    जोशीले कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।

    आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो ।

    तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेस नेताहरुले भने जोशीलाई फकाउने प्रयास गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार