Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सभामुख निवास बालुवाटारमा ३ दलका शीर्ष नेताको बैठक सुरू


    मंगलबार, चैत्र २८ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा मुख्य ३ दलको बैठक सुरु भएको छ ।

    सभामुखको आह्वानमा उनकै निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

    यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन् ।

    महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ । बैठकमा टिआरसीसहितका अन्य विधेयकका बारेमा छलफल भइरहेको बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार