बारा। निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ । तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् ।
गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन् ।
उनीहरुले निर्वाचन आचारसंहिताविपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन् ।
सो कार्यक्रम करैयामाई गाउँपालिका अध्यक्ष यादवज्युको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा जसपालाई जिताउन अध्यक्ष यादवले कार्यकर्ताहरुसंग आग्रह गरेका थिए ।
कार्यक्रममा जसपा नेपालका नेता जोगेन्द्र पण्डित, रामविशवास साह, पिंकीकुमारी लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend