बारा। निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीको चुनाव प्रचारप्रसारमा पूर्णरुपमा बन्देज लगाएको छ । तर, बाराको करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवसहित कार्यपालिकाका केही सदस्यहरु भने जनता समाजवादी पार्टीको चुनाव प्रचारमा सक्रिय हुँदै आएका छन् ।
गाउँपालिकका अध्यक्ष यादवसहित सोही पालिकाका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, कार्यपालिका सदस्य दिपक पासवान र कार्यापालिका सदस्य सुरेन्द्र साह जसपाका उम्मेदवार उपेन्द्र यादवको चुनाव प्रचारप्रसार समितिमा बसेर प्रचारमा लागेका हुन् ।
उनीहरुले निर्वाचन आचारसंहिताविपरीत करैयामाई गाउँपालिका वडा नम्बर ८ को बेलाही टोलमा ५ दलीय गठबन्धनको टोलस्तरीय भेला र बुथ कमिटीको बैठकमा सहभागी बनेका हुन् ।
सो कार्यक्रम करैयामाई गाउँपालिका अध्यक्ष यादवज्युको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा जसपालाई जिताउन अध्यक्ष यादवले कार्यकर्ताहरुसंग आग्रह गरेका थिए ।
कार्यक्रममा जसपा नेपालका नेता जोगेन्द्र पण्डित, रामविशवास साह, पिंकीकुमारी लगायतको उपस्थिति रहेको थियो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend