Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीन महिना अगाडिदेखि हातमा बसेको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिनु शंकास्पदः रवि लामिछाने


    सोमबार, चैत्र २७ २०७९
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड पैसा मागेको अडियो रेकर्डलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजेर उक्त अडियो चुनावकै मुखमा सार्वजनिक गरिनुमा शंका व्यक्त गरेका छन्।

    चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोप्रति प्रश्न गरेका हुन्।

    ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजिमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ,’ लामिछानेले भने, ‘अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’

    लामिछानेले पार्टीभित्र देखिने यस्ता कृयाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रकृया अगाडि बढाइएको बताए।

    ‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भने।

    अर्को कार्यक्रममा लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्धेश्यले अडियो रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार