Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद अडियो प्रकरण: रास्वपाका प्रमुख सचेतकले प्रतिनिधिसभामा मागे माफी


    सोमबार, चैत्र २७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको सार्वजनिक अडियो रेकर्डबारे प्रमुख सचेतक सन्तोष परियारले आफ्नो तर्फबाट संसदमा माफी मागेका छन्।

    आज सोमबार प्रतिनिधि सभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले माफी मागेका हुन्।

    ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं,’ उनले भने।

    परियारले उक्त घटनाले रास्वपा कत्तिपनि विचलित नभएको बताए।

    अडियो प्रकरणमा पार्टीकोे गम्भीर ध्यानाकर्षण भएको र छानविन गर्न अनुशासन विभागलाई निर्देशन दिइएको पनि परियारले संसदलाई जानकारी दिए।

    सुशासन र भ्रष्टाचारको अभियानलाई रास्वपाले आफ्नो अभियान ठानेको र अडियोबारे ढाकाप्रसादलाई २४ घन्टे स्पष्टिकरण सोधिएको जानकारी गराए।

    रास्वपा प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार