Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापाले गरे प्रधानमन्त्रीलाई आग्रह : बालेन शाहसँग तत्काल वार्ता गर्नुहोस् र माग पूरा गरिदिनुहोस्


    सोमबार, चैत्र २७ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

    ‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ थापाले भने ।

    मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्दै बालेनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैर जिम्मेवारी र लापरबाहीपछि बाध्य भएर यस्तो निर्णय गरिएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार