Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री महतले मागे भन्सारका हाकिमसँग आयात–निर्यातको प्रगति प्रतिवेदन


    सोमबार, चैत्र २७ २०७९
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरूसँग भन्सार नाकाबाट राजश्व कम हुँदै जानुको कारण मागेका छन् ।

    आज सोमबार काठमाडौंमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात–निर्यातको प्रगति प्रतिवेदन खोजेका हुन् ।

    उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारणसमेत खोजेका छन् ।

    कुन भन्सार नााकाबाट कस्ता प्रकृतिका वस्तु आयात–निर्यात भइरहेको छ त्यसको तथ्यांक पनि अर्थमन्त्रीले मागेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका भन्सारमा राजश्व चुहावट भएको खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिनुपर्नेमा उनको जोड थियो ।

    अर्थमन्त्रीले भने, ‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरू आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ । कुन वस्तुको आयात कम भएर गयो की अर्को नाकाबाट भएर गयो । त्यसको ब्रेकडाउन मलाई चाहियो ।’

    भन्सारमा उद्योगी व्यवसायीलाई अनावश्यक दुःख नदिन महतले भन्सार कर्मचारीलाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार