Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • तरकारीको विषादी परीक्षणको निर्णय फिर्ता भएको छैन: उपप्रधानमन्त्री श्रेष्ठ


    सोमबार, चैत्र २७ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयातित तकारीको विषादी परीक्षण गर्ने निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको भनेर गलत प्रचार भएको र मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको बताएका छन् ।

    प्रेस सेन्टर चितवनले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले विषादी परीक्षणजस्तो महत्वपूर्ण विषयमा मन्त्रीहरुले मात्र निर्णय गर्न नहुने भनेर विषयगत समितिमा पठाइएको जानकारी दिए ।

    ‘मन्त्रिपरिषद्ले फिर्ता गरेको छैन । मन्त्रिपरिषद्ले त्यो विषय समितिमा पठाएको छ । यस्तो महत्वपूर्ण विषय मन्त्रीहरुले एकछिन आएर ल ठिक छ वा बेठिक छ भन्न मिल्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘सम्बन्धित समितिमा पठाउनु आवश्यक थियो ।’

    यसअघि समितिहरु गठन नहुँदा निर्णय हुने स्थिति नभएको भन्दै उनले अहिले समिति गठन भइसकेकाले यो विषय छिटो टुंगो लाग्ने बताए । ‘सम्बन्धित समितिले छलफल गरेर टुंगो लगाउँदैछ । त्यो छिटो हुन्छ,’ उप्रधानमन्त्री श्रेष्ठले भने, ‘पहिलो प्राथमिकतामा राख्या छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार