काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहुँ उपलब्ध गराउन पत्राचार गरेको हो ।
स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा थप परिणाममा गहुँ आयात गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले तीन लाख मेट्रिक टन गहुँ आयातका लागि इजाजतपत्र खुला गर्न पत्राचार गरिएको जानकारी दिइन् ।
“बजारमा गहुँको अभाव हुन नदिनका लागि भारत सरकारलाई परराष्ट्रमार्फत पत्राचार गरेको छौँ,” उनले भनिन्, “प्रक्रिया गर्दा समय लाग्ने हुँदा आगामी आर्थिक वर्षका लागि माग गरिएको हो ।” रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले आफ्नो मुलुकको खाद्य सुरक्षालाई ध्यानमा राख्दै नेपाललगायतका मुलुकमा गहुँ निर्यात प्रतिबन्ध लगाएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड निकासा गरेको छ । मन्त्रालयले बर्डफ्लु...
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । किसानलाई...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend