Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईँसँग दुई करोडको डिल गर्ने सांसद श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गर्‍यो कारबाही


    आइतबार, चैत्र २६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा परेका छन्। पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग करोडौं रुपियाँ माग गरेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठलाई कारबाही गरेको हो।

    सो पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो । रास्वापाबाट समानुपातिक सांसद रहेका श्रेष्ठले दुर्गा प्रसाईँसँग आर्थिक लेनदेन गरेको भिडियो बाहिर आएको थियो । उनलाई तत्कालका लागि निलम्बन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

    पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको प्रवक्ता ढकालले जानकारी दिए । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए । ‘पार्टी पदाधिकारी बैठकले श्रेष्ठ सांसद पदमा रहने कि नरहने भन्ने विषयमा अध्ययन गरी सात दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउन समितिलाई भनेको छ ।

    उनले भने, सो प्रतिवेदन आएपछि थप काराबाही अगाडि बढाउने छ’ प्रवक्ता ढकालले भने । अहिले तत्काल सांसद ढकाललाई पार्टीको पदमा रहेर कुनै पनि काम कारबाही नगर्न निर्देशन दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार