Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंसँग रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले २ करोड मागेको अडियो सार्वजनिक


    आइतबार, चैत्र २६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। रवि लामिछाने नेतृत्त्वकोप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग करोडौ रुपैँयाको माग गरेको अडियो सार्वजनिक भएको छ।

    उक्त अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन भन्दै २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।

    आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

    अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।

    अडियाेमा उनले भनेका छन्, ‘हाम्राे भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयाे । मन्त्रीका लागि रवि सरलाई २ कराेड बुझाउनुपर्ने कुरा आएकाे छ । मसँग पैसा छैन । अहिले एक कराेड जति दिँदा हुन्छ । एक कराेडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयाेग चाहिएकाे छ ।’

    त्यसकाे जवाफमा प्रसाईंले आफूले २ कराेड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार