Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार विष्ट निर्वाचित


    आइतबार, चैत्र २६ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्। गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।

    सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल निर्वाचित भएका छन् । दुई जना सदस्य अखिल क्रान्तिकारी र अन्य सदस्यहरुमा अनेरास्वयुका उम्मेदवार निर्वाचित भएका छन् ।

    नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ) लाई स्ववियु सभापतिको टिकट दिएपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो। सो निर्वाचन हिजो मात्र भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार