Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेसीको गोलसँगै फ्रेन्च लिगमा पीएसजीको अग्रता कायमै


    आइतबार, चैत्र २६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मा २–० को सहज जित निकालेको छ । घरेलु टोली नाइसमाथि पीएसजीले २–० को सहज जित निकाल्दै शीर्षस्थान कायमै राखेको छ ।

    एलिएन्ज रिभिइरा नाइसमा शनिवार राति भएको खेलमा पहिलो हाफको २६औँ मिनेटमा मेसीको गोल गरे । पहिलो हाफमा नै १–० को अग्रता लिन सफल भएको पीएसजीले दोस्रो गोलका लागि ५० मिनेट कुर्नुपर्‍यो ।

    दोस्रो हाफको ७६औँ मिनेटमा मेसीको पासमा डिफेन्डर रामोसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । यो गोलसँगै खेल २–० को अवस्थामा टुंगियो ।

    यस जितसँगै पीएसजीले शीर्षस्थानमा ६ अंक थपेको छ । जसअनुसार पिएसजीको ३० खेलबाट ६९ अंक हासिल गरेको छ भने पराजित नाइस ४५ अंक जोडेर आठौँ स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार