Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वरिष्ठ नेता मुकुन्द न्यौपानेले नेकपा एकीकृत समाजवादी पार्टी छाडे


    शनिबार, चैत्र २५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन्।

    आज शनिबार काठमाडौंमा एक पत्रकार सम्मलेन गर्दै उनले पार्टी त्यागेको बताएका हुन्।

    एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको बताए। पार्टी अवसरवादमा लिप्त भएको भन्दै आरोप पनि लगाए।

    उनले सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरू मात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको दाबी गरे।

    उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार