Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मेयर बालेन भन्छन्- कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेको छ, त्यो गलत हुन्छ, संरचना आफैंले हटाउनुहोला


    शनिबार, चैत्र २५ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ भन्दै सडकपेटी मिचेर प्रहरीले नै संरचना बनाएको भन्दै हटाउन आग्रह गरेका छन्।

    आज शनिबार सामाजिक सञ्जालमा महानगर क्षेत्रमा सडक मिचेर बनाइएका प्रहरी बिटका तस्बिरहरू हालेर हटाउन भनेका हुन्। नहटाए आफैंले हटाउन बाध्य हुने भन्दै चेतावनी समेत दिएका छन्।

    फुटपाथमा पैदलयात्री हिँड्नको लागि प्रयोग हुनुपर्ने भन्दै व्यापार गर्न पनि रोकेको र यो नियम सर्वसाधरणका लागि मात्रै नभएको पनि उनले बताए।

    ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैंले हटाउनुहोला। नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौं,’ उनले भनेका छन्।

    यस्तै राजदूतावास लगायत विदेशी नियोगले पनि विभिन्न ठाउँमा सडकपेटी मिचेको भन्दै मन्त्रालयलाई काम अघि बढाउन पत्राचार पनि गरेको बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार