Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महान्यायाधिवक्ता पोखरेल भन्छन्- रविको राहदानीमा मुद्दा नचल्ने निर्णय दबावमा होइन, प्रमाण मूल्यांकन गरेर नै मुद्दा नचलाएका हौँ


    शुक्रबार, चैत्र २४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको र उक्त विषयमा प्रमाणको मूल्यांकन गरेर नै मुद्दा नचलाउने निर्णय गरेको स्पष्टीकरण दिएका छन्।

    आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा आज शुक्रबार आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरे ।

    ‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको हैन’ उनले भने, ‘तपाईहरूलाई महान्यायाधिवक्ता राजनीतिक रुपमा नियुक्त हुने भएकाले राजनीतिक रुपमा टुंग्यायो भन्ने लाग्ला । तर हामी विधि र प्रक्रिया अनुसार मुद्दा नचल्ने निर्णय गरेको हो । ‘

    महान्यायाधिवक्ता पोखरेलले रविको राहदानी विवादमा प्रहरीलाई सम्पूर्ण अनुसन्धान सकेपछि मात्रै फाइल पेश गर्न भनिएको र त्यसै अनुसार प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरेको बताए ।

    प्रहरी प्रतिवेदनकै आधारमा सरकारी वकिल कार्यालयले रविविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचल्ने निर्णय गरेको र त्यही निर्णय उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिकव्ताले पनि सदर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार