काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले पूर्णता पाएपछि र सरकार बजेट निर्माणको प्रक्रियामा जुटिसकेकोले यी सबै काम सकिनेबित्तिकै भारत भ्रमणमा जाने बताएका छन् ।
आज नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालको यसपटकको भारत भ्रमणले नेपाल र भारत दुई देशबीच रहेका मुख्य विषयहरु समाधान हुने पनि दाबी गरे । उनले वर्तमान सरकार गठन भएपछि नेपाल र भारतबीचको सम्बन्ध झन मजबुद हुने विश्वास दिलाए ।
उनले नेपाल र भारतबीचको बीचमा सिमा समस्या कुटनीतिक र राजनीतिक पहलबाट समाधान हुने बताए । उनले भारतसँगको नेपालको सिमा समस्या ९८ प्रतिशतले हल भैसकेको दाबी गरे । उनले सिमा समस्या समाधानको लागि दुवै देशले समिति गठन गरेर काम गरेको सुनाए ।
कालापानी र लिम्पियाधुरामा रहेको समस्यापनि अब समाधान हुने उनको दाबी छ ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend