Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री यादव भन्छन्- भारतसँग ९८ प्रतिशत सिमा विवाद समाधान भैसक्यो, भारतसँग राम्रो सम्बन्ध राखेर जान्छौं


    शुक्रबार, चैत्र २४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री महिन्द्रराय यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले पूर्णता पाएपछि र सरकार बजेट निर्माणको प्रक्रियामा जुटिसकेकोले यी सबै काम सकिनेबित्तिकै भारत भ्रमणमा जाने बताएका छन् ।

    आज नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री दाहालको यसपटकको भारत भ्रमणले नेपाल र भारत दुई देशबीच रहेका मुख्य विषयहरु समाधान हुने पनि दाबी गरे । उनले वर्तमान सरकार गठन भएपछि नेपाल र भारतबीचको सम्बन्ध झन मजबुद हुने विश्वास दिलाए ।

    उनले नेपाल र भारतबीचको बीचमा सिमा समस्या कुटनीतिक र राजनीतिक पहलबाट समाधान हुने बताए । उनले भारतसँगको नेपालको सिमा समस्या ९८ प्रतिशतले हल भैसकेको दाबी गरे । उनले सिमा समस्या समाधानको लागि दुवै देशले समिति गठन गरेर काम गरेको सुनाए ।

    कालापानी र लिम्पियाधुरामा रहेको समस्यापनि अब समाधान हुने उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार