Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • शान्तिसुरक्षामा खटिनुपर्ने हवल्दार एसएसपीको भैंसी हेर्दै, प्रहरी जनशक्तिको दुरुपयोग


    शुक्रबार, चैत्र २४ २०७९
    3.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत तल्लो तहको जनशक्तिलाई बडीगार्ड, घरेलु कामदारदेखि सवारी चालकसम्म खटाउने क्रम रवि लामिछाने गृहमन्त्री हुँदा रोक्न खोजेका थिए । पूर्वमन्त्रीदेखि नेताहरुसम्मले सुरक्षाको कारण देखाउँदै बडीगार्ड, सवारी चालक र घरेलु कामदार लिने गरेकोबारेमा समाचार आइरहन्छन् । तर प्रहरीकै बहालवाला हाकिमहरुले सुरक्षाकर्मी दुरुपयोग गरेको समाचार भने बिरलै आउने गरेका छन् ।

    नेपाल प्रहरीका नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गर्दा संगठनमा शुद्धिकरण गर्ने उद्घोष गरेका छन् । तर प्रहरीकै एक एसएसपीले प्रहरी जनशक्तिको दुरुपयोग गर्दै एक हवल्दारलाई भैंसी गोठमा काम गर्न खटाएका छन् ।

    हाल कल्याण शाखामा कार्यरत एसएसपी केदार ढकालले अपराध महाशाखाबाट राजबिराज तालिमकेन्द्रमा जाँदा प्रहरी सहायक हवल्दार (सवारी चालक) लिलाबहादुर श्रेष्ठलाई लिएर गएका थिए । उनले अहिले श्रेष्ठलाई मोरङको बेलबारीस्थित भैंसी फार्ममा काममा लगाएका छन् । सहायक हवल्दार श्रेष्ठ इलाका प्रहरी कार्यालय बेलबारीमा हाजिर गर्ने र एसएसपीको भैंसी गोठमा काम गर्ने गर्दछन् । प्रहरी जनशक्तिको यसरी दुरुपयोग भएको बिषयमा आइजीपी कुँवरकै सचिवालयमा उजुरी परेको छ ।

    ढकाल २०७७ बैशाखमा एसएसपी बढुवा भएका थिए ।  एसएसपी बढुवा भएपछि २०७७ मा उनी राजबिराज तालिम केन्द्रमा खटिएका थिए । त्यही समयदेखि नै श्रेष्ठलाई उनले बेलबारीस्थित घरमा भैंसी हेर्न परिचालन गरेका छन् ।

    यसअघि प्रहरी जनशक्तिको दुरुपयोग गर्दै बिचौलिया रामचन्द्र भट्टलाई सवारी चालक समेत उपलब्ध गराइएको थियो । टीसीएनका पूर्वमहाप्रबन्धकसमेत रहेका भट्टले प्रहरीको सवारी चालक लिएर सानसौकत देखाउँदैआएका छन् । मुख्यसचिव शंकरदास बैरागी र लगानीबोर्डका सीईओ सुशील भट्टले रामचन्द्र भट्टलाई अरुण तेस्रो आयोजनाको निर्माण गर्ने भारतीय कम्पनी सतलजमा मासिक ४ लाख रुपैयाँ तलव पाउनेगरी राखिदिएका छन् ।

    शैलेन्द्र खनाल सशस्त्र प्रहरीको आइजीपी हुँदा उनले धेरै पावर सेन्टरमा बडीगार्ड र सवारी चालक उपलब्ध गराएका थिए । अमरेशकुमार सिंहदेखि बिचौलिया नरेश भट्ट, सुरेश अधिकारीलाई खनालले सशस्त्रका सवारी चालकदेखि बडीगार्ड उपलब्ध गराएको बिषय बारम्बार मिडियामा उजागर भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार