Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहिद स्मारक लिग अन्तर्गत आज दुई खेल हुँदै


    शुक्रबार, चैत्र २४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन् । आज दिउँसो २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।

    ६ खेलबाट १३ अंक जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अंक जोडेर ११ औँ स्थानमा छ ।

    यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा छ भने ५ खेलवाट ४ अंकका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार