Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली भन्छन्- उपचुनावमा व्यक्तिगत गालीगलौज होइन एजेन्डाकेन्द्रित बहस गरौं


    बिहिबार, चैत्र २३ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधामन्त्री तथा नेकाप एमाले अध्यक्ष केपी शर्मा ओलीले उपचुनावलाई व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

    उनले बिहीबार आफ्नो सामाजिक सञ्जालमा अपील जारी गर्दै स्वस्थ बहसमा उत्रिन भनेका हुन् ।युवामय उपचुनाव !’ भन्दै ओलीले राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित बनाउनै पर्ने उल्लेख गरे ।

    आगामी ‘वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो ।

    उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,’ ओलीले भनेका छन्,’मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार