Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ भएन


    बुधबार, चैत्र २२ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । इजलासबाट सुनुवाइ गर्न नभ्याउने भएपछि उक्त मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

    सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासको १२औँ नम्बरमा परेको थियो ।

    यसअघि चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो ।

    तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

    सर्वोच्च अदालतले लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा ‘फास्ट ट्रयाक’बाट सकाउन आदेश दिए पनि हालसम्म अन्तिम सुनुवाइ सुरु भएको छैन ।

    लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार