Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले खेले गोलरहित बराबरी


    बुधबार, चैत्र २२ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेलेका छन् । गोलरहित बराबरी खेलेर चेल्सी र लिभरपुलले लिगमा एक अर्कमा अंक बाँडेका हुन् ।

    स्टामफोर्ड ब्रिजमा मङ्गलवार राति प्रतिस्पर्धात्मक खेल भए पनि दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । अन्ततः खेल खेल बराबरीमा टुङ्गियो ।

    यद्यपि, दोस्रो हाफको ५०औँ मिनेटमा काई हाभर्टजले गोल गरेको पनि भिएआरबाट मान्यता नपाउँदा चेल्सी १–० को अग्रता लिनबाट चुक्यो । त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा खेल अन्ततः बराबरीमा टुङ्गियो ।

    यस बराबरीसँगै लिभरपुल २८ खेलबाट ४३ अंक जोडेर आठौँ स्थानमा छ भने चेल्सी २९ खेलबाट ३९ अंक जोडेर ११औँ स्थानमा यथावत् छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार