Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ


    मंगलबार, चैत्र २१ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको प्रारम्भिक सुनवाइ आजबाट हुँदैछ । लामिछाने विरुद्ध नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आजबाट प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिएको भए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी हालै महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने मागसहित युवराज सफलले सोमवार रिट दिएका थिए । सोही रिटका आधारमा सर्वोच्चले आज पेशी तोकेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार