काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६–१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धिकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै यो घोषणापत्र जारी गरेको छ ।
महासंघद्वारा जारी घोषणापत्र
१. नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रूपमा विकास गर्न सदस्यता शुद्धिकरण अभियानलाई थप प्रभावकारी बनाउन यो सम्मेलन प्रण गर्दछ । सदस्यता शुद्धिकरणका लागि तयार मापदण्डलाई प्राप्त सुझावलाई समेटेर अन्तिम रुप दिने र प्रस्तावित तालिकाअनुसार नै काम गर्ने प्रतिवद्धता जनाउँदछ ।
२. पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेशामा लागेकाहरूलाई सदस्यता परित्यागका लागि यो सम्मेलन आग्रह गर्दछ । त्यसरी सदस्यता त्याग गरेको लिखित जानकारी गराउने सदस्यलाई सम्मानसहित बिदाइ गर्ने र जनप्रतिनिधि, सरकारका पूर्णकालीन कर्मचारीको सदस्यता स्वतः समाप्त हुनेगरी काम थाल्न तीनवटै समितिलाई यो सम्मेलन निर्देश गर्दछ ।
३. विधानको दफा ५ को उपदफा (८) अनुसार आउँदो महाधिवेशन भन्दा ६ महिना अगाडिसम्म कायम सदस्यले मात्रै महासंघको आउँदो चुनावमा मतदानमा भाग लिन पाउने व्यवस्थालाई थप प्रभावकारी ढंगले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
४. नेपालको संविधान २०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउन बनाउनुपर्ने सञ्चार सम्बद्ध कानूनहरू नबनेकोप्रति नेपाल पत्रकार महासंघको यो सम्मेलन गम्भीर चासो र चिन्ता व्यक्त गर्दछ । नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानून निर्माणका लागि यो सम्मेलन पुनः माग गर्दछ । साथै, संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराउँदछ । राजनीतिक दललाई पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको संविधान प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न आग्रह गर्दछ ।
५. श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानूनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू बञ्चित भइरहेका छन् । यो सम्मेलन ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको बृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ । साथै दबाब, आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने प्रण गर्दछ ।
६. सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गर्दै यो सम्मेलन स्थानीय सरकार मातहतको निकायको विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई र प्रदेश सरकार मातहतको विज्ञापनलाई प्रदेश अन्तर्गतका सञ्चारमाध्यममा दिनेगरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्दछ ।
७. पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै यो सम्मेलन पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्ति विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने घोषणा गर्दछ ।
८. गौतम बुद्धको जन्मस्थल लुम्बिनी, ‘अस्तुधात मध्येको एक अस्तुधातु’ रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावली स्थल देबदह क्षेत्रको प्रचार प्रसार, सम्बर्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी बिकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई यो सम्मेलन आग्रह गर्दछ ।
९. नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले आयोजना गरेको राष्ट्रिय मिडिया सम्मेलनको आतिथ्यता गर्ने महासंघ लुम्बिनी प्रदेश समिति र समन्वय गर्ने महासंघका रुपन्देही, कपिलवस्तु र अर्घाखाँची शाखा, महासंघको ८ औँ केन्द्रीय समिति बैठकको आतिथ्यता गर्ने नवलपरासी शाखा साथै लुम्बिनी विकास कोष, सामाजिक सुरक्षा कोष, लुम्बिनी बौद्ध विश्वविद्यालय, प्रेस काउन्सिल नेपाल र रुपन्देहीका स्थानीय तहलाई धन्यवाद ज्ञापन गर्दछ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend