Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा


    सोमबार, भाद्र २४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

    महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा उनले राजीनामा दिएका हुन् ।

    पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति नैतिक जिम्मेवारी लिदै राजीनामा दिएको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार