Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रेस सेन्टरका उपाध्यक्ष ज्ञवालीको माग : पत्रकार महासंघका अध्यक्ष र युनियनका नेताहरूलाई कालोमोसो दलिनुपर्छ


    शनिबार, जेष्ठ १९ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन गएको बैशाख २१ गते सम्पन्न भएको महाधिवेशनले नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचनको मिति तोकेको थियो ।

    निर्वाचनको मिति आउन ६ दिन बाँकी हुँदा पनि मतदाता नामावली टुंगिन सकेको छैन । ६ महिनाअघि नै टुंगो लगाइसक्नुपर्ने सदस्यता आजका मितिसम्म पनि टुंगिएको छैन । सदस्यता विवादले केन्द्रीय कार्यालयदेखि महासंघका ४६ वटा शाखामा तालाबन्दीको अवस्था छ । उपत्यका प्रदेशमा समेत ताला लगाइएको छ ।

    महासंघको सदस्यता टुंगो लाग्न नसकी निर्वाचन अनिश्चित बनिरहेकै बेला शनिबार वाम समर्थक पत्रकारहरुका ६ वटा संगठनले विज्ञप्ति निकालेका छन् । सदस्यता विवाद अबिलम्ब टुंग्याएर तोकिएकै मितिमा निर्वाचन गर्नका लागि ६ वटै संगठनले सहमत भएको विज्ञप्ति निकालेपछि प्रेस युनियनलाई पनि सहमतिमा ल्याउनुपर्नेमा प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञवालीले सभापति बिपुल पोखरेललाई कालोमोसो दलिनुपर्छ भनेर वातावरण बिगार्ने काम गरेका छन् ।

    ताला लगाउने प्रेस युनियनका नेता भनेर उनले ईङ्गित गरेका पात्र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा हुन् । अध्यक्ष विपुल पाेखरेल र महासचिव राेशन पुरीकाे हस्ताक्षरमा सार्वजनिक भएको सदस्यता सुचीका विरुद्ध सबैभन्दा पहिला केन्द्रीय सदस्य खतिवडाले महासंघमा ताला लगाएका थिए ।

    ज्ञवालीले समाजिक संजालमा लेखेका छन्–‘सभापति पोखरेल मात्र होइन, आफ्नै नेतृत्वमा भएको निर्णय बाट भागेर ताला लगाउने युनियनका नेताहरुलाई पनि कालोमोसो दलिनुपर्छ ।’
    उनले लेखेका छन्– नेता के हो नेतृत्व के हो …? व्यवहार के हो … ? वोली के हो… ? म केवल रमिता हेर्दैछु … ।

    ‘सबै भइसक्यो किन शंका …? केही भएको छैन किन चुप…? हाहाहा…

    प्रेस सेन्टरको वर्तमान नेतृत्व इतिहासमै सबैभन्दा इमान्दार र सक्षम छ …!  बिद्रोह आज प्रेस सेन्टरको केन्द्रीय कार्यालयबाट मात्र सम्भव भयो ! नत्र ताला लागाउन जानेहरु र गाला लगाउन जानेहरुको खुट्टी हिजोसम्म अर्कै तालमा नाच्दै थियो ! विपुल पोखरेलसहित युनियनका नेतालाई कालोमोसो दलिनुपर्दछ !??

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार