काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन गएको बैशाख २१ गते सम्पन्न भएको महाधिवेशनले नयाँ नेतृत्वका लागि जेठ २६ गते निर्वाचनको मिति तोकेको थियो ।
निर्वाचनको मिति आउन ६ दिन बाँकी हुँदा पनि मतदाता नामावली टुंगिन सकेको छैन । ६ महिनाअघि नै टुंगो लगाइसक्नुपर्ने सदस्यता आजका मितिसम्म पनि टुंगिएको छैन । सदस्यता विवादले केन्द्रीय कार्यालयदेखि महासंघका ४६ वटा शाखामा तालाबन्दीको अवस्था छ । उपत्यका प्रदेशमा समेत ताला लगाइएको छ ।
महासंघको सदस्यता टुंगो लाग्न नसकी निर्वाचन अनिश्चित बनिरहेकै बेला शनिबार वाम समर्थक पत्रकारहरुका ६ वटा संगठनले विज्ञप्ति निकालेका छन् । सदस्यता विवाद अबिलम्ब टुंग्याएर तोकिएकै मितिमा निर्वाचन गर्नका लागि ६ वटै संगठनले सहमत भएको विज्ञप्ति निकालेपछि प्रेस युनियनलाई पनि सहमतिमा ल्याउनुपर्नेमा प्रेस सेन्टरका उपाध्यक्ष निर्मल ज्ञवालीले सभापति बिपुल पोखरेललाई कालोमोसो दलिनुपर्छ भनेर वातावरण बिगार्ने काम गरेका छन् ।
ताला लगाउने प्रेस युनियनका नेता भनेर उनले ईङ्गित गरेका पात्र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा हुन् । अध्यक्ष विपुल पाेखरेल र महासचिव राेशन पुरीकाे हस्ताक्षरमा सार्वजनिक भएको सदस्यता सुचीका विरुद्ध सबैभन्दा पहिला केन्द्रीय सदस्य खतिवडाले महासंघमा ताला लगाएका थिए ।
ज्ञवालीले समाजिक संजालमा लेखेका छन्–‘सभापति पोखरेल मात्र होइन, आफ्नै नेतृत्वमा भएको निर्णय बाट भागेर ताला लगाउने युनियनका नेताहरुलाई पनि कालोमोसो दलिनुपर्छ ।’
उनले लेखेका छन्– नेता के हो नेतृत्व के हो …? व्यवहार के हो … ? वोली के हो… ? म केवल रमिता हेर्दैछु … ।
‘सबै भइसक्यो किन शंका …? केही भएको छैन किन चुप…? हाहाहा…
प्रेस सेन्टरको वर्तमान नेतृत्व इतिहासमै सबैभन्दा इमान्दार र सक्षम छ …! बिद्रोह आज प्रेस सेन्टरको केन्द्रीय कार्यालयबाट मात्र सम्भव भयो ! नत्र ताला लागाउन जानेहरु र गाला लगाउन जानेहरुको खुट्टी हिजोसम्म अर्कै तालमा नाच्दै थियो ! विपुल पोखरेलसहित युनियनका नेतालाई कालोमोसो दलिनुपर्दछ !??
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend