काठमाडौं । निर्वाचन सम्पन्न भएको ३ दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघको भावी केन्द्रिय नेतृत्वको औपचारिक घोषणा अझै पनि हुन सकेको छैन् ।
गत मंसीर २८ गते देशैभरी सम्पन्न भएको निर्वाचन मध्ये एसोसियट, प्रदेश, जिल्लाहरूको मत परिणाम र बिजयी नेतृत्वको नाम सार्बजनिक भइसक्दा पनि केन्द्रको भने अझै हुन नसकेको हो ।
‘अहिले धमाधम मत परिणाम लिस्टिङ भइरहेको छ, रि चेक गर्ने काम पनि भइरहेकाले मत परिणाम आउन ढिलो भएको हो,’ महासचिवका उम्मेदवार रामप्रसाद दाहालले भने, ‘बेलुकासम्म सबै परिणाम घोषणा भइसक्छ ।’ उनका अनुसार मधेस प्रदेश मत गणनामा ढिलाइ हुदाँ रि चेक र एक मुष्ठ बनाउन समय लागेको हो ।
यद्यपि, महासंघको भावी नेतृत्वमा निर्मला शर्मा आउने सुनिश्चित भएको छ । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलवाट उठेकी शर्माले महासंघ स्थापनाको ७ दशकपछि महिला नेतृत्वको रूपमा स्थापित हुने भएकी छिन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी रमेश बिष्टलाई पराजित गर्दै महासंघको नेतृत्व लिन लागेकी हुन् ।
यसैगरी, बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगभग सुनिश्चित जस्तै देखिएको छ । अधिकारीबाहेक प्रमुख पदाधिकारीमा चौतारी र युनियन प्यानलवाट निर्वाचित हुन लागेका हुन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात आँधी) परिणत भई त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend