काठमाडौं । निर्वाचन सम्पन्न भएको ३ दिन बितिसक्दा पनि नेपाल पत्रकार महासंघको भावी केन्द्रिय नेतृत्वको औपचारिक घोषणा अझै पनि हुन सकेको छैन् ।
गत मंसीर २८ गते देशैभरी सम्पन्न भएको निर्वाचन मध्ये एसोसियट, प्रदेश, जिल्लाहरूको मत परिणाम र बिजयी नेतृत्वको नाम सार्बजनिक भइसक्दा पनि केन्द्रको भने अझै हुन नसकेको हो ।
‘अहिले धमाधम मत परिणाम लिस्टिङ भइरहेको छ, रि चेक गर्ने काम पनि भइरहेकाले मत परिणाम आउन ढिलो भएको हो,’ महासचिवका उम्मेदवार रामप्रसाद दाहालले भने, ‘बेलुकासम्म सबै परिणाम घोषणा भइसक्छ ।’ उनका अनुसार मधेस प्रदेश मत गणनामा ढिलाइ हुदाँ रि चेक र एक मुष्ठ बनाउन समय लागेको हो ।
यद्यपि, महासंघको भावी नेतृत्वमा निर्मला शर्मा आउने सुनिश्चित भएको छ । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलवाट उठेकी शर्माले महासंघ स्थापनाको ७ दशकपछि महिला नेतृत्वको रूपमा स्थापित हुने भएकी छिन् । उनले आफ्नो निकटतम प्रतिस्पर्धी रमेश बिष्टलाई पराजित गर्दै महासंघको नेतृत्व लिन लागेकी हुन् ।
यसैगरी, बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, महिला उपाध्यक्षमा नितु पण्डित, महासचिवमा रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगभग सुनिश्चित जस्तै देखिएको छ । अधिकारीबाहेक प्रमुख पदाधिकारीमा चौतारी र युनियन प्यानलवाट निर्वाचित हुन लागेका हुन् ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend