काठमाडौं । प्रेम गर्ने मान्छेहरूका लागि त रानीमहल तीर्थस्थल नै रहेछ ।’ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रानीमहल प्रांगणमा भने । श्रीमती राधिका शाक्यसहित बुधबार बिहान ९ बजे पाल्पाको रानीमहल दरबार पुगेका ओलीले आफूलाई निकै आनन्द महसुस भएको सुनाए ।
यसअघि हेलिकोप्टरबाट हेरेको जानकारी दिँदै रानी महलमा प्रवेश गरेपछि पीर चिन्ता सब हराएको उनको भनाइ थियो । ‘रानीमहल आएपछि सबै किसिमको पीर चिन्ता हराउने रहेछ,’ ओलीले भने, ‘बाचुञ्जले मात्र होइन प्रेम मरेपछि पनि कायम राख्नुपर्ने रहेछ भन्ने सन्देश रानीमहल दरबारले दिएको छ ।’
पत्नी राधिका शाक्यसँग सेल्फी खिच्दै अध्यक्ष ओलीले प्रेमको सन्दर्भमा कुरा गरे । उनले युवायुवतीलाई कच्चा प्रेम नगर्न सुझावसमेत दिए । ‘सानोतिनो मनमुटावले सम्बन्ध तोड्नु राम्रो होइन,’ ओलीको सुझाव थियो । ओलीको सुझावमा साथ दिँदै पत्नी राधिका शाक्यले प्रेम सम्बन्ध राणा खड्गशमशेर र रानी तेजकुमारीको जस्तै बलियो हुनुपर्ने टिप्पणी गरिन् ।
केहीबेर दरबार क्षेत्र घुमेपछि अध्यक्ष ओलीले १ सय २५ वर्षअघि बनेको पुरातात्विक महत्वको दरबार हेर्नलायक भएको टिप्पणी गरे । पछिल्लो समय यस क्षेत्रमा विकास हुनुको जस पनि उनले रानीमहललाई नै दिए । ‘रानीमहलकै कारण यस क्षेत्रको विकास निर्माण सुरु भएको छ, सडक कालोपत्रे भएको छ,’ ओलीले भने, ‘हामीहरूलाई तानेर यसैले यहाँसम्म ल्यायो ।’
चारैतिर जंगल भएको क्षेत्रमा प्रेमको सम्झनामा बनाइएको रानीमहल देश विदेशमा बस्नेहरूलाई एकपटक हेर्न ओलीले सुझावसमेत दिए । विदेशीहरूलाई प्रेम के हो भन्ने ’दयगत बुझ्न र इतिहास’दयगत जानकारी लिन पनि रानीमहल पुग्नैपर्ने ओलीको सुझाव थियो । यहाँका प्राकृतिक सम्पदाको प्रशंसा गरेका ओलीले भने, ‘तनावमुक्त हुन पनि रानीमहल पुग्नैपर्छ ।’
कालीगण्डकीको भेलले रानीमहल दरबारको जग कटान गरेको सुनेको भन्दै उनले जग कटान रोक्न, तटबन्ध गर्न आवश्यक परेकाले रकम विनियोजन गरी इतिहास, प्रेमको तीर्थस्थल बचाउन सरकारलाई अनुरोध गरे ।
ओली दम्पती टिकट काटेर दरबार छिरेका थिए । ओलीसहितको टोलीलाई एमाले तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका र एमाले नागरिक उड्डयन तथा पर्यटन विभाग पाल्पाले सम्मान गरेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend