Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बसको ठक्करबाट मुस्ताङमा १ जनाको मृत्यु


    बिहिबार, चैत्र ९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। मुस्ताङमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङमा भे १ ख २७५४ नम्बरको बसले ठक्कर दिँदा तनहुँकी खीनुमाया श्रेष्ठको ज्यान गएको हो ।

    दुर्घटनामा गम्भीर घाइते ७६ वर्षकी श्रेष्ठलाई उपचारका लागि बेनी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनााएको छ ।

    यस्तै, मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गर्दा बा ४ ख ८९१७ नम्बरको बसको ठक्करबाट अर्की एक महिला घाइते भएकी छन् । बारागुङ गाउँपालिका १ खिंगाकी ५१ वर्षीया कार्तिक गुरुङ घाइते भएकी हुन् ।

    उनको जोमसोममा सामान्य उपचारपछि थप उपचारको लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार