Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गुट्खा बिक्रि गर्न प्रतिबन्ध, बिक्रि गरेको फेला परे ५० हजारसम्म जरिवाना


    बिहिबार, चैत्र ९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपेन्देहीको तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

    प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुटखा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ ।

    उनका अनुसार नगरपालिका भित्र गुटखा बिक्री गरेको पाइएमा पहिलो पटक डिलर व्यवसायीलाई दस हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ ।

    यसैगरी, अन्य व्यवसायीलाई पहिलो पटक कारबाही स्वरुप १ हजार पाँच सय, दोस्रो पटकमा तीन हजार र तेस्रो पटकमा ५ हजार जरिवाना तोक्ने निर्णय भएको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार