Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ऐश्वर्य बहुमुखी क्याम्पसका तीन शिक्षकलाई राजीनामा दिन स्ववियुको अल्टिमेटम


    आइतबार, मंसिर २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना शिक्षकको राजीनामा माग गरिएको छ ।

    स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष कमल न्यौपानेलाई भौतिक आक्रमण, गालीगलौज र धम्की दिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तीन शिक्षकको राजीनामा मागेको हो ।

    मंसिर २२ गते क्याम्पसमा पठनपाठन अवरुद्ध गरेर क्याम्पसकै एक जना प्राध्यापकको बिहेको भोज खान सम्पूर्ण प्राध्यापक क्याम्पसको बस प्रयोग गरेर गएको र उक्त विषय सामाजिक सञ्जालमा लेखेको भन्दै तीन जना प्राध्यापकले न्यौपानेलाई दुर्व्यवहार गरेको स्ववियु अध्यक्ष कुबेर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    स्ववियुले तीनै जना प्राध्यापकलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन अल्टिमेटम दिइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार