Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु


    बुधबार, चैत्र ८ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ। उक्त ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    नेपालगन्जबाट दैलेख जाँदै गरेको मनकामना ग्यास बोकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।

    मृत्यु हुनेमा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरी रहेको दैलेख डीएसपी किशोर लम्सालले जानकारी दिए ।

    तत्काल मृतकको ठेगाना भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार