काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाई भएको छ । बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमवार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाई भएको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ ।
उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ । जसका कारण शव उद्धारमा समस्या भएको छ । खुम्बु क्षेत्रमा हिमपात भईरहेको र मौसम सहज हुने बितिक्कै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend