काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विश्वासको मत प्राप्त भएपछि राजनीतिक वातावरण बनेको बताएका छन्। आज मंगलबार गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै प्रचण्डले राजनीतिले लय समातेको दावी गरेका हुन्।
उनले दुवै तहको सरकार पुनर्गठन भएपछि विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे ।
‘हिजो विश्वासको मत प्राप्त भएपछि एउटा राजनीतिक वातावरण बनेको छ,एउटा लय पक्रिएको छ । अब सरकारलाई पूर्णदिने प्रक्रियामा छौं,’उनले भने, ‘प्रदेश सरकार पुनर्गठन गर्ने, प्रदेशमा आलोपालो प्रणालीमा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि थप विकास निर्माणको काम अघि बढाउने योजनामा छौं। संघ,प्रदेश र स्थानीय सरकारबीच विकास निर्माण र समन्वयका लागि बृहत्तर बैठकको आयोजना गर्ने तयारीमा छौँ ।’
केही राजनीतिक घुम्ती पार गरेर सोमबार मात्रै नयाँ राजनीतिक समिकरण बनेको बताउँदै उनले नेपाली कांग्रेससहितका दलको विश्वासको मत दिएका दलहरूसँग सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भइसकेको जिकिर गरे।
अबको जिम्मेवारी देशलाई सुशासन,सामाजिक न्याय,समृद्धिको नयाँ अभियानतिर लैजाने रहेको र त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको प्रचण्डले बताए । ‘छिटोभन्दा छिटो सेवा दिएर जनताको विश्वास जित्ने शंकल्प लिएका छौँ,’उनले भने ।
विश्वासको मत पाएको भोलिपल्टै गोरखा आएर सडक शिलान्यास गर्ने अवसर मिलेको भन्दै उनले खुसी व्यक्ति गरे। उनले २०.३४६ किलोमिटर लामो पन्थडिही कटहरे साहिलटार सडक कालोपत्रे गर्ने कामको शिलान्यास गरेका हुन् ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend