काठमाडौं। नेपालका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले आफू डेढ वर्षदेखि डिप्रेसनमा रहेको बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा लामो भिडियो पोष्ट गर्दै उनले चितवनमा निर्माणाधीन क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि ‘डिप्रेस्ड’ रहेको बताएका हुन् ।‘म आज अलि आक्रोशित पनि हुन सकूँला ।
अलि बढी उत्तेजित पनि हुन सकूँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । के गरुँ ?,उनले भने, ‘म मानसिक यातना भोगिरहेको छु । डेढ वर्षदेखि डिप्रेसिभ छु । त्यसैले म सुरूमै माफी चाहन्छु । मैले बोलेका कुराले कसैलाई ठेस पुर्याउँछ भने म माफी चाहन्छु ।’
भर्खरै नेपाली क्रिकेटले तय गरेको विश्वकप यात्रालाई स्मरण गराउँदै उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगाशालाको आवश्यकता दर्शाएका छन् । ‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराधहो ?,’ उनले भनेका छन्, ‘के हामीले पाप गरेका थियौं ?’
भर्खरै टियू मैदानमा भएको उक्त खेलमा दर्शकहरू कोही भुईंमा त कोही रूख चढेरै खेल हेरेका थिए । यस्तो अवस्थामा नेपाल पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य भएको उनले बताएका छन् । ‘आज सञ्चारमाध्यममा रूखमा झुण्डी झुण्डी क्रिकेट हेरेको भनेर सम्प्रेषित भएका समाचार हेरेर हामीहलाई मज्जा आइरहेको होल ?,’ उनले प्रश्न गरे ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend