Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु


    सोमबार, चैत्र ६ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ । मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो ।

     स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए ।

    अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार